Message From Vice Principal


Message From Vice Principal
Ramkrishna Kandel, Vice Principal

विकासको मेरुदण्ड भनेको शिक्षा हो जबसम्म गाउँगाउँमा शिक्षाको विकास हँुदैन तबसम्म समाज र राष्ट्रकै विकास हुँदैन । १०४ वर्षे कहाली लाग्दो राणाकालीन शासन व्यवस्थामा शिक्षाको ज्योति बादलभित्रको चन्द्रमाजस्तै बन्न पुगेको थियो । राणा शासनको अन्त्यपछि प्रजातन्त्रको शुरूवात् भयो । त्यसपछि विकासका लहर आउन थाले । शिक्षा, स्वास्थ्य, यातायातजस्ता पक्षहरूमा विकास हुन थाल्यो । देशभर विद्यालय खोल्ने लहर चल्न थाल्यो जसको परिणामस्वरुप गुल्मी जिल्लाको शैक्षिक इतिहासमा श्री छत्रदेवी एभरग्रीन सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलको स्थापना भएको छ ।
  नेपालको पश्चिमाञ्चल विकास क्षेत्र वा प्रदेश नं. ५ अन्तर्गत पर्ने गुल्मी जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित छत्रकोट गाउँपालिका वार्ड नं. २ (साविक पल्लिकोट गाविसको वार्ड नं. १) देवपुरी भन्ने स्थान पूर्व पश्चिम पैmलिएर रहेको प्राकृतिक सुन्दरताले अत्यन्त रमणीय ठाउँ हो । हरिया वनजङ्गल, छत्रकोट देवालय, राम–जानकी र हनुमान मन्दिर जस्ता पवित्र तीर्थस्थलसहित फैलिएको पहाडको एउटा अंशको रूपमा यो ठाउँ रहेको छ । स्वही छत्रकोटको आश्रयस्थलमा वि.सं. २०५४ सालमा गुणस्तरीय शिक्षाःआजको आवश्यकता, छात्रा, गरिब, दलित एवम् बालमैत्री वातावरणयुक्त अङ्ग्रेजी शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मूलमन्त्रलाई आत्मसात् गरी स्थापना भएको यस विद्यालयको नामकरण समेत श्री छत्रदेवी एभरग्रीन सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल रहेको छ । कक्षा र स्तरोन्नति सहित गुणस्तरीय शिक्षा दिलाउने काममा भने यस संस्थाले केही समय प्रतिक्षा गर्नुप¥यो ।  यसरी २० औँ वसन्त पार गरी २१ औँ वसन्तसम्म पाइला चाल्दाको अवस्थामा विविध कठिनाई र चुनौतिका बाबजुद पनि यस संस्था शैक्षिक धरोहरको रुपका ख्याति कमाउन सफल भएको कुरा सर्वविदितै छ । यसक्रममा आफ्नो भारतीय सेनाको उच्चपदमा सेवा दिई जीवनको पछिलो समय शिक्षाक्षेत्रमा अर्पित गर्ने मनशायका साथ २०६८ सालमा मात्र कक्षा ५ सम्मको स्वीकृतिमा धरासायीसम्म बन्न पुगेको यस विद्यालयलाई पुनर्जीवित गरी सस्तो र शुलभ तरिकाले अङ्ग्रेजी शिक्षा बस्तीबस्तीमा पु¥याउने सपथ खानुभएका सु.मे.शेरबहादुर टण्डनको एक्लो प्रयाशमा सहयोग गर्नुहुने पूर्व प्र.अ.श्री गोकर्ण टण्डन साथै वर्तमान प्र.अ.श्री पदम बहादुर टण्डन क्षेत्रीको पनि उत्तिकै योगदान रहेको छ साथै विद्यालय व्यवस्थापन समिति र सल्लाहकार समितिको आवश्यक सरसल्लाह र परामर्शमा नि.मा.वि. स्वीकृति साथै शै.सत्र २०६९ बाट कक्षा ९ का विद्यार्थीहरुको रजिष्ट्रेशन फारम यसै विद्यालयले भराउन सफल भई शै.सत्र २०७० बाट साविक एसएलसी र वर्तमान एसईई परीक्षा दिलाउदै विद्यालयले उत्कृष्ट नतिजा ल्याउदै आएको छ । यसरी यस विद्यालयको शैक्षिक स्तरोन्नतिमा सहयोग गर्नु हुने तत्कालीन विद्यालय व्यवस्थापन समिति विद्यालय सल्लाहकार समिति, बीरबास स्रोत केन्द्र, जिल्ला शिक्षा कार्यालय गुल्मी, क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय वा यस संस्थाको लागि आफ्नो स्थानबाट योगदान पुर्याउनु हुने शुभेच्छुक वा जो जस्ले यस महान् कार्यमा सहयोग गर्नुभएको छ; उहाँहरूप्रति विद्यालय परिवार आभार प्रकट गर्दछ । 
विद्यालय एउटा यस्तो शैक्षिक स्थल हो; जहाँ विद्यार्थीहरूले सिक्नका लागि उपयुक्त वातावरण खोज्ने गर्दछन् । पूर्ण सिकाई हुनका लागि शैक्षिक अवस्थाको साथमा भौतिक अवस्थाको पनि महत्त्वपूर्ण भूमिका रहने गर्दछ । शै.सत्र २०७० सालसम्म यस विद्यालयका विद्यार्थीहरूले उपयुक्त र निश्चित कोठाको अभावमा साह्रै दुःख पाएको अवस्था थियो । यस श्री छत्रदेवी एभरग्रीन सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलको भौतिक अवस्था अत्यन्तै नाजुक रहेको अवस्थालाई मध्यनजर गरी भवन निर्माणको सोँच ल्याइयो तर पनि भवन निर्माणकार्यको प्रारम्भिक अवस्थामा भौतिक पूर्वाधार कमजोर हुनु स्वभाविकै कुरा हो । तरपनि विद्यालयको स्थायीत्व नभएको परिदृश्यमा  २.५ रोपनी जग्गा किनी १२ कोठे नयाँ  सुविधासम्पन्न भवनमा गुणस्तरीय शिक्षा हासिल गर्न पाएकामा अभिभावकहरु गौरवान्वित भएको देखिन्छ । यसैगरी यस बोर्डिङ स्कुलमा गेटसहितको पक्की घेराबार, १२ कोठे पक्की भवन–१, ५ कोठे अर्धपक्की भवन–१ र विद्यालय क्यान्टिन भवन–१ गरी जम्मा ३ ओटा भवन र ३ ओटा शौचालय निर्माण गरिएको छ भने छात्रा र अपाङ्गमैत्री शौचालय र पक्की भवनमा एक तला बढाई थप कोठा पनि  यसै शै.सत्रभित्र बनाउने योजनामा जुटेका छौँ । यस बोर्डिङको सेवाक्षेत्र साविकका पल्लिकोट गा.वि.स., हर्दिनेटा गा.वि.स. हुँगा गा.वि.स. वीरबास गा.वि.स., गौडाकोट गा.वि.स.र दिगाम गा.वि.स. लगायतका आधादर्जन गा.वि.स.का वा हाल छत्रकोट गाउँपालिका र गुल्मी दरबार गाउँपालिकाका विविध जाति, धर्म, रीतिरिवाजका शिक्षाप्रेमी अभिभावकहरुको गुनासोलाई मध्यनजर गरी टाढा टाढाका विद्यार्थीहरुलाई ल्याउने लैजाने गर्नको लागि जीप र बस सञ्चालन गरेका छौँ । यसरी हामी भौतिक अवस्थालाई मजबुत बनाउदै थप भौतिक सम्पन्न विद्यालय बनाउने प्रतिबद्धता गर्दछौँ ।
यसैगरी अभिभावकहरुले हामीलाई विश्वास गर्ने अर्को आधार शिक्षकहरुका योग्यता, क्षमताजस्ता कुरा आउछन् । अन्यत्र हेर्दा बोर्डिङ स्कुलहरुमा नातावाद, क्रिपावाद, राजनीतिक प्रभाव साथै मोलतोलाईका सस्ता शिक्षकलाई नियुक्ति गर्दै आएको स्थिति छ तर हामी भने यो अवस्थाबाट धेरै पृथक् रहेका छौँ । हामीले माध्यमिक तह अध्यापन गराउनको लागि मास्टर्स डिग्री हासिल गरेका शिक्षकहरु, साथै डिग्रीको नतिजा पर्खदै गरेका शिक्षकहरु, बेजिल्लाबाट आउनुभएका शिक्षकहरु साथै भारतको दार्जिलिङ्गबाट आउनुभएका शिक्षकहरुको नियुक्तिले जनविश्वास तीब्ररुपले बढ्नु स्वभाविक नै मान्नुपर्ने हुन्छ । यसैगरी अभिभावकको विश्वासको आधार हामीले २०७० सालदेखिनै  कक्षा १० का विद्यार्थीलाई मात्र भएपनि होष्टेलको व्यवस्था गरेका छौँ भने अब आउने शै.सत्रदेखि अभिभावकको गुनासोलाई लिएर हामी अन्य कक्षाका विद्यार्थीमा पनि यो सेवा सञ्चालन गर्ने तयारीमा जुटेका छौँ । तम्घास बुटवल खण्डको बाटाको नजिकै यस विद्यालय भएकाले नास्ता खान विद्यार्थी बजारमा वरपर गर्दा एक त विद्यालयको नियन्त्रणभन्दा बाहिर हुने भने अर्कोतर्फ दुर्घटना हुने सोचेर स्कुल क्यान्टिन चलाएका छौँ जस्लेगर्दा विद्यार्थीले सस्तो मूल्यमा सफा र ताजा नास्ता पाएको कुरा पनि सबैका माझ छर्लङ्ग छ । विद्यालयको वार्षिक कार्यतालिकासहितको भित्तेपात्रो पनि विद्यालयले प्रकाशन गरेर अभिभावकहरु साथै सेवाक्षेत्र भित्रका महानुभावहरुलाई समेत वितरण गर्दै आइरहेको छ । जस्ले गर्दा विद्यार्थीहरुलाई साप्ताहिक अतिरिक्त क्रियाकलाप पनि स्वही तालिकाअनुसार गर्दै आइरहेकाले अलमलमा रहनु परेको छैन । आजको युगलाई कम्प्युटरको युग भनेर चिनिएको छ । जस्लेगर्दा सानासाना विद्यार्थीहरु पनि यसको सुविधाबाट बञ्चित नहोऊन भनेर कक्षा २ देखि कक्षा १० सम्मनै कम्प्युटर कोर्स राखी १४ ओटा कम्प्युटर सहितको कम्प्युटर ल्याव सञ्चालन गरेका छौँ । यसैगरी आजको सूचना र प्रविधिको युगलाई मध्यनजर गरी विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई प्रविधिमैत्री बनाउने हेतुले वेबसाइट साथै विभिन्न एप्लिकेसनबाट हाम्रा शैक्षिक (विद्यार्थी हाजिरी, रिजल्ट, विद्यालयका विदा तथा सूचना), पठनपाठन शुल्क सम्बन्धी जानकारी र भुक्तानी, भौतिक अवस्था साथै विद्यालयका अन्य गतिविधिहरुलाई मोबाइलका एप्लिकेसनमार्फत् हजूरहरुको घरमै जानकारी दिँदै छौँ । 
कोरा किताबी ज्ञानलेमात्र विद्यार्थीको चौतर्फी विकास हुन सक्तैन । उनीहरूको रुची र चाहनाअनुसार शिक्षा दिलाइनु पर्छ । विद्यार्थीको दिमाग खुसी पार्न सक्नेमध्येको खेलकुद पनि एक हो । विद्यार्थीको चाहनाअनुसारका खेलकुदका सामग्री यस विद्यालयमा छन् । विद्यालयमा विद्यार्थीको चापअनुसार खेलमैदान केही सानो भएपनि प्रत्येक कक्षालाई पालैपालो भएपनि विद्यार्थीहरुको चाहनालाई निरुत्साहित पारिएको छैन । शैक्षिक अवस्थालाई हेर्दा श्री छत्रदेवी एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलले गुणस्तरीय शिक्षाःआजको आवश्यकता, छात्रा, गरिब, दलित एवम् बालमैत्री वातावरणयुक्त अङ्ग्रेजी शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मान्यतालाई सार्थक बनाउनका लागि नर्शरीदेखि कक्षा १० सम्म अङ्ग्रेजी माध्यमबाट श्रव्यदृश्यरुपमा पठनपाठन शुरु गर्दै आएका छौँ । यसरी करिब ४०० जना विद्यार्थीहरु साथै अभिभावकहरुले हामीहरुको प्रयाशमा विश्वास गरेको कुराले सुनमा सुगन्ध थपेको अनुभव गर्न सकिन्छ । विद्यार्थी, समाज र परिवर्तित शिक्षाको संरचनाअनुसार शिक्षा दिनेक्रममा हामीहरु अहोरात्र खटिरहेका छौँ र अझ खट्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । 

Other Messages


Quick Links

Contact Us

Facebook